इरानी विदेशमन्त्री अराघची बेइजिङमा, चीनसँग उच्चस्तरीय वार्ता


बेइजिङ | २३ वैशाख २०८३


अब्बास अराघची नेतृत्वको कूटनीतिक प्रतिनिधिमण्डल बुधबार बिहान चीनको राजधानी बेइजिङ पुगेको छ। भ्रमणलाई अमेरिका–इरानबीचको तनावपूर्ण परिस्थितिका बीच महत्वपूर्ण कूटनीतिक कदमका रूपमा हेरिएको छ।

बेइजिङमा उनले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय वार्ता गरेका छन्। वार्तामा दुई देशबीचको सम्बन्ध विस्तारसँगै क्षेत्रीय र विश्वव्यापी राजनीतिक अवस्थाबारे छलफल भएको जनाइएको छ।

यो भ्रमण अमेरिका र इजरायलसँगको तनावपछि इरानी विदेशमन्त्रीको पहिलो चीन यात्रा भएको बताइएको छ। चीन इरानको प्रमुख व्यापारिक साझेदारका साथै इरानी तेलको ठूलो खरिदकर्ता पनि हो, जसले प्रतिबन्धका बाबजुद पनि ऊर्जा व्यापार निरन्तर राख्दै आएको छ।

डोनाल्ड ट्रम्प आगामी मध्य मेमा चीन भ्रमण गर्ने तयारीमा रहेको सन्दर्भमा अराघचीको यो भ्रमणलाई कूटनीतिक रूपमा संवेदनशील मानिएको छ।

यसैबीच अमेरिकी विदेशमन्त्री मार्को रुबियो ले चीनलाई इरानमाथि दबाब दिन आग्रह गर्दै हर्मुज जलमार्गमा देखिएको तनाव कम गर्न भूमिका खेल्नुपर्ने बताएका छन्।

हर्मुज जलडमरूमध्य वरिपरि बढ्दो तनावबीच भएको यो भेटवार्ताले क्षेत्रीय शक्ति सन्तुलन र ऊर्जा राजनीति थप जटिल बनिरहेको विश्लेषकहरूको टिप्पणी छ।
© अनलाइन न्युज पोस्ट

👍 सेयर गर्नुहोस् ताकि अरू पनि अपडेट रहुन् .


Comments