बागमती प्रदेशमा आज सार्वजनिक बिदा, तेस्रो प्रदेश भाषा दिवस मनाइँदै


काठमाडौं | २४ वैशाख २०८३


बागमती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस विभिन्न कार्यक्रमसहित मनाउँदैछ। दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदासमेत दिइएको छ।

प्रदेश सरकारले विसं २०८१ देखि प्रत्येक वैशाख २४ गते प्रदेश भाषा दिवस मनाउन सुरु गरेको हो। प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० कार्यान्वयनमा आएको १८० दिन पूरा भएको अवसर पारेर पहिलोपटक यो दिवस मनाइएको थियो।

बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीका अनुसार ऐन २०८० कात्तिक २३ गते प्रदेश राजपत्रमा प्रकाशित भएको थियो। सोही व्यवस्थाअनुसार २०८१ वैशाख २४ गतेबाट ऐन कार्यान्वयनमा आएको मानिएको हो।

दिवसको अवसरमा आज बिहान भक्तपुर को दूधपाटीबाट सुरु हुने र्‍याली भक्तपुर दरबार क्षेत्र, दत्तात्रेय, कमलविनायक हुँदै लन्चा फल्चा भत्क्यापाटीसम्म पुग्ने कार्यक्रम तय गरिएको छ।

पर्यटन कार्यालय काठमाडौंका प्रमुख पवनकुमार पोखरेलका अनुसार र्‍यालीपछि लन्चा फल्चा भत्क्यापाटीमा विशेष समारोह आयोजना गरिनेछ।
© अनलाइन न्युज पोस्ट

👍 सेयर गर्नुहोस् ताकि अरू पनि अपडेट रहुन् .

Comments