तमिलनाडुमा राजनीतिक उलटफेर : विजय थलापतिको पार्टीलाई वाम दलको समर्थन, सरकार गठनको बाटो खुला.


शनिबार, वैशाख २६, २०८३

भारतको Tamil Nadu मा सरकार गठनको समीकरण फेरिँदै गएको छ। अभिनेता बाट राजनीतिज्ञ बनेका Vijay नेतृत्वको पार्टी TVK (Tamilaga Vettri Kazhagam) ले वामपन्थी दलहरूको समर्थन पाएसँगै बहुमत नजिक पुगेको छ।

Communist Party of India (CPI) र Communist Party of India (Marxist) (CPI(M)) ले टीभीकेलाई निशर्त समर्थन दिने घोषणा गरेपछि राजनीतिक समीकरण अचानक परिवर्तन भएको हो।

पार्टीले हालैको विधानसभा चुनावमा १०८ सिट जितेको थियो भने सरकार बनाउन आवश्यक बहुमत ११८ सिट हो। थप साना दलहरूको समर्थनसँगै टीभीके बहुमतमा पुगेको दाबी गरिएको छ।

जानकारी अनुसार वाम दलका केही विधायक र अन्य सहयोगी दलको समर्थन जोडिँदा कुल समर्थन संख्या बहुमतभन्दा माथि पुगेको छ। यससँगै विजयले तेस्रोपटक राज्यपालसमक्ष सरकार गठनको दाबी पेश गरेका छन्।

नयाँ राजनीतिक समीकरणपछि शपथग्रहण समारोह भोलि बिहान ११ बजे हुने तयारी भइरहेको बताइएको छ। यस घटनाले तमिलनाडुको राजनीतिक परिदृश्यमा नयाँ मोड ल्याएको विश्लेषकहरूको टिप्पणी छ।
© अनलाइन न्युज पोस्ट

👍 सेयर गर्नुहोस् ताकि अरू पनि अपडेट रहुन् .

Comments