पशुपतिनाथ क्षेत्रमा विदेशी पर्यटकमाथि दुर्व्यवहार आरोपपछि सामाजिक सञ्जालमा तीव्र आलोचना


काठमाडौं |


पशुपतिनाथ मन्दिर क्षेत्रमा एक विदेशी महिला पर्यटकमाथि दुर्व्यवहार भएको भनिएको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि व्यापक आलोचना सुरु भएको छ।

सार्वजनिक भिडियो तथा तस्बिरमा एक पुरुषले महिला पर्यटकलाई असहज हुने व्यवहार गरेको देखिएको भन्दै प्रयोगकर्ताहरूले आपत्ति जनाएका छन्। घटनास्थल वरपर रहेका केही व्यक्तिहरूले हस्तक्षेप नगरी मौन दर्शक बनेको दृश्यसमेत देखिएको दाबी गरिएको छ।

घटना बाहिरिएसँगै सामाजिक सञ्जालमा पर्यटक सुरक्षालाई लिएर चर्को बहस सुरु भएको छ। धेरै प्रयोगकर्ताहरूले विश्वप्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्रमा यस्ता गतिविधि हुनु गम्भीर विषय भएको उल्लेख गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

हालसम्म सम्बन्धित निकायले घटनाबारे आधिकारिक पुष्टि वा विस्तृत जानकारी सार्वजनिक गरेको छैन। यद्यपि, घटना सार्वजनिक भएपछि पशुपतिनाथ क्षेत्रको सुरक्षा व्यवस्थामाथि पुनः प्रश्न उठ्न थालेको छ।
© अनलाइन न्युज पोस्ट

👍 सेयर गर्नुहोस् ताकि अरू पनि अपडेट रहुन् .


Comments