मिति: २२ बैशाख २०८३, मंगलवार
काठमाडौं उपत्यकामा सुकुम्बासी पहिचानसम्बन्धी प्रक्रिया तीव्र बन्दै गएको छ। हालसम्म १ हजार ८१६ जनाले आफू सुकुम्बासी भएको दाबी गर्दै सरकारको सम्पर्कमा आएका छन्, जसमा कुल ७ हजार ७८९ घरपरिवार समावेश रहेको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएको छ।
सरकारले मनोहरा, धोबीखोला र बागमती नदी किनारामा अतिक्रमण गरी बसेका बस्ती हटाउने अभियान ९ दिनदेखि सञ्चालन गरिरहेको छ। विभिन्न १२ क्षेत्रबाट सुकुम्बासीको विवरण संकलन गरिएको छ। विस्थापनका क्रममा करिब ५०० स्कुले बालबालिकाको शिक्षा प्रभावित भएको बताइएको छ।
हालसम्म ७९४ जनालाई विभिन्न होल्डिङ सेन्टरमा सारिएको छ, जसमा कीर्तिपुरस्थित राधास्वामी सत्संग भवन, ललितपुरको धापाखेलस्थित टेवा भवन, भक्तपुरस्थित नेपाल विद्युत् प्राधिकरण तालिम केन्द्रलगायत स्थानमा व्यवस्थापन गरिएको छ। केही नागरिकले भने अस्थायी रूपमा आफैं बसोबासको व्यवस्था गरेका छन्।
सरकारले सुकुम्बासीको वास्तविक पहिचानका लागि डिजिटल लगत संकलन प्रक्रिया अघि बढाएको छ। काठमाडौंका सबै नगरपालिकामा फारम भर्ने व्यवस्था गरिएको छ र तथ्यांक विश्लेषणपछि मात्रै स्थायी बसोबासको योजना कार्यान्वयन गरिने जनाइएको छ।
कामपा प्रहरीका अनुसार तत्कालका लागि सार्वजनिक र पर्ती जग्गामा डोजर नचलाइने सम्भावना रहेको छ। पहिलो चरणमा नदी किनारका बस्ती खाली गर्ने र त्यसपछि अन्य संरचना हटाउने रणनीति बनाइएको छ।
सरकारले विस्थापित नागरिकलाई होल्डिङ सेन्टरमार्फत भोजन, स्वास्थ्य सेवा, शिक्षा र मनोवैज्ञानिक परामर्श उपलब्ध गराउँदै आएको जनाएको छ। यद्यपि, सुकुम्बासी पहिचान नगरी बस्ती हटाइएको भन्दै आलोचना पनि बढिरहेको छ।
👍 सेयर गर्नुहोस् ताकि अरू पनि अपडेट रहुन् .

Comments
Post a Comment
Online news is a fast and convenient way to stay updated with what’s happening around the world. It provides real-time information on important events and allows people to access news anytime through their devices. This makes it easier to stay informed and connected.