![]() |
| आयोजक कोहलपुर रेसिङ साहारा क्लब र पञ्चकोशी युवा क्लबका खेलाडीहरु । तस्बिरः गजेन्द्र गुरुङ |
कोहलपुर–२ स्थित तेह्र बिघा खेल मैदानमा सुरु भएको ‘कोहलपुर गोल्डकप’ चौथो संस्करणको उद्घाटन खेलमा आयोजक रेसिङ साहारा क्लबले जित दर्ता गरेको छ।
शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा रेसिङ साहाराले पञ्चकोशी युवा क्लब सुदूरपश्चिमलाई २–१ गोल अन्तरले पराजित गरेको हो। पहिलो हाफमै दुई गोल गर्दै अग्रता बनाएको आयोजक टोलीलाई दोस्रो हाफमा पञ्चकोशीले दबाब दिए पनि खेल बराबरीमा ल्याउन सकेन।
रेसिङ साहाराका लागि विदेशी खेलाडी पेपेले २३ मिनेट ४३ सेकेन्डमा पहिलो गोल गरेका थिए भने फागुराम चौधरीले ४३ मिनेट १० सेकेन्डमा दोस्रो गोल थपेका थिए। पञ्चकोशीका नुसाहारा उप्रेतीले ८७ मिनेट ५२ सेकेन्डमा एक गोल फर्काए पनि टोलीको हार टार्न सकेन।
उत्कृष्ट प्रदर्शन गरेका पेपे ‘म्यान अफ द म्याच’ घोषित भए र उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे।
प्रतियोगितामा नेपाल पुलिस क्लब, सातदोबाटो युवा क्लब, लालीगुराँस एसोसिएसन, रोयल फुटबल क्लब कर्णाली, जस्ट जोन एफसी नाइजेरिया र राइजिङ स्टार क्लब नवलपरासीसहित आठ टोली सहभागी छन्।
विजेताले ८ लाख र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिता वैशाख २६ गतेसम्म चल्नेछ।
👍 सेयर गर्नुहोस् ताकि अरू पनि अपडेट रहुन् .

Comments
Post a Comment
Online news is a fast and convenient way to stay updated with what’s happening around the world. It provides real-time information on important events and allows people to access news anytime through their devices. This makes it easier to stay informed and connected.