काठमाडौं — राजधानीका विभिन्न स्थानमा सुकुम्बासी बस्ती हटाइएपछि विस्थापित भएका परिवारहरू पुनः सम्पर्कमा आउन थालेका छन्। डर र अन्यौलका कारण शनिबार छरिएका धेरै परिवार आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुगेर नाम दर्ता गरिरहेका छन्।
सिनामंगलबाट विस्थापित काभ्रेको मन्डन देउपुरका कुमार कुम्हर आफ्नी श्रीमती र दुई साना सन्तानसहित रंगशाला पुगेका मध्ये एक हुन्। घर डोजरले भत्काएपछि गुह्रेश्वरी स्कुलमा अस्थायी रूपमा बसेका उनी “सूचीबाट बाहिरिने डर” ले आइतबार नाम टिपाउन बाध्य भएको बताउँछन्।
दैनिक मजदुरीमा निर्भर भएकाले सरकारले तोकेको ‘होल्डिङ सेन्टर’ मा लामो समय बस्न कठिन हुने उनको भनाइ छ। केही दिन स्कुलमै बसेर पछि आफैं व्यवस्थापन गर्ने योजना उनले सुनाए।
यसैबीच थापाथली, गैरीगाउँ, सिनामंगल, मनोहरा लगायतका बस्तीबाट विस्थापित सयौं परिवार पनि रंगशालामा विवरण दर्ता गराउन आइपुगेका छन्।
सरकारले दशरथ रंगशालामा हेल्प डेस्क स्थापना गरी विवरण संकलन सुरु गरेको छ। दर्ता भएका परिवारलाई पाँच वटा अस्थायी ‘होल्डिङ सेन्टर’ मा बस्ने व्यवस्था गरिएको छ।
आइतबार रातिसम्म करिब ५४७ परिवारले नाम दर्ता गरिसकेको तथ्यांक छ। सम्बन्धित निकायहरूले छुट्टाछुट्टै डेस्कमार्फत विवरण संकलन, स्वास्थ्य परीक्षण र खानपानको व्यवस्था समेत गरिरहेका छन्।
काठमाडौं महानगरपालिकाको समन्वयमा जारी यो प्रक्रियामा अझै थप विस्थापित परिवारहरू सम्पर्कमा आउने अपेक्षा गरिएको छ।
👍 सेयर गर्नुहोस् ताकि अरू पनि अपडेट रहुन् .
Comments
Post a Comment
Online news is a fast and convenient way to stay updated with what’s happening around the world. It provides real-time information on important events and allows people to access news anytime through their devices. This makes it easier to stay informed and connected.