कांग्रेसका दुई महत्वपूर्ण बैठक सोमबार बस्दै

काठमाडौं — नेपाली कांग्रेस को केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल ले जारी गरेको सूचनाअनुसार बैठकमा पदाधिकारी तथा सदस्यलाई अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको छ।

यसैदिन दिउँसो २ बजे केन्द्रीय अनुशासन समितिको बैठक पनि बस्ने तय भएको छ। समितिका सचिव दिनेश थापामगर ले छुट्टै सूचना जारी गर्दै बैठकको जानकारी दिनुभएको हो।

📌 मुख्य फोकस:
पार्टीभित्रको आन्तरिक व्यवस्थापन र अनुशासनका विषयमा महत्वपूर्ण छलफल हुने अपेक्षा।

👍 सेयर गर्नुहोस् ताकि अरू पनि अपडेट रहुन् . 




Comments