काठमाडौं — दशरथ रंगशालास्थित अस्थायी ‘स्क्रिनिङ’ केन्द्रमा आइतबार देखिएको एक दृश्यले सुकुम्बासी विस्थापनको मानवीय पक्ष उजागर गरेको छ।
सिनामंगलबाट विस्थापित १७ वर्षीया रिया लिम्बू आमासँग विवरण दर्ता गर्न रंगशाला पुगेकी थिइन्। तर पारिवारिक अवस्था र भविष्यको अनिश्चितताले उनलाई त्यहीँ भावुक बनायो।
कलेजको युनिफर्ममै आएकी रिया बीसीए पहिलो सेमेस्टरकी विद्यार्थी हुन्। अहिले परीक्षा चलिरहेकै बेला घर भत्किएपछि पढाइमा गम्भीर असर परेको उनी बताउँछिन्।
“कम्प्युटर एप्लिकेसन पढेर केही बन्ने सपना थियो, तर घर नै नरहेपछि कहाँ बस्ने, कसरी पढ्ने भन्ने नै टुंगो छैन,” रियाले भनिन्।
सिनामंगल सुकुम्बासी बस्तीमै जन्मेकी रियाको परिवार दैनिक ज्यालादारीमा निर्भर छ। बुबा रङरोगनको काम गर्छन् भने आमा सडक सफाइमा संलग्न छन्। सीमित आम्दानीले नै उनको पढाइ धानिँदै आएको थियो।
घर भत्किएपछि परिवारको सम्पूर्ण सामान अस्थायी रूपमा भाडामा लिएको सानो कोठामा राखिएको छ, जहाँ बस्न सम्भव नभएको उनी बताउँछिन्। “भाइ सानो छ, केही बुझ्दैन, घर भत्किँदा लगातार रुन्छ,” उनले भनिन्।
पढाइसँगै भविष्यको चिन्ता बढेको रियाले बताइन्। “जाँचकै बीच यस्तो भयो, दिमाग नै ठिक ठाउँमा छैन,” उनले भावुक हुँदै भनिन्।
हाल उनको परिवार कहाँ बस्ने भन्ने अन्योलमै छ। “अब हामी कता जाने?” भन्ने प्रश्नसँगै रियाको भविष्यप्रतिको डर अझ गहिरिएको छ।
👍 सेयर गर्नुहोस् ताकि अरू पनि अपडेट रहुन् .
Comments
Post a Comment
Online news is a fast and convenient way to stay updated with what’s happening around the world. It provides real-time information on important events and allows people to access news anytime through their devices. This makes it easier to stay informed and connected.