धादिङमा आइचर दुर्घटना, ४ जना घाइते

 वैशाख १५, २०८३ | मंगलबार

धादिङमा आइचर दुर्घटना, ४ जना घाइते

धादिङको नीलकण्ठ नगरपालिका–१४ रङगाउँस्थित भित्री सडक खण्डमा आइचर गाडी दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। साल काठ लिन जाँदै गरेको गाडी अनियन्त्रित भई करिब २०० मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ।

गाडीमा सवार ९ जनामध्ये ४ जना घाइते भएका छन् भने अन्य ५ जना सकुशल रहेका छन्। घटनालगत्तै प्रहरी र स्थानीयको सक्रियतामा उद्धार कार्य गरिएको थियो।

घाइतेहरूलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको छ। प्रहरीका अनुसार घाइते सबैको अवस्था सामान्य रहेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।

👍 सेयर गर्नुहोस् ताकि अरू पनि अपडेट रहुन् . 



Comments