संयुक्त अरब इमिरेट्स ले करिब ६ दशकपछि तेल उत्पादक राष्ट्रहरूको समूह ओपेक र ओपेक प्लस बाट बाहिरिने निर्णय घोषणा गरेको छ।
यूएईले आफ्नो दीर्घकालीन आर्थिक रणनीति र बदलिँदो ऊर्जा नीतिअनुसार यो कदम चालिएको जनाएको छ। ऊर्जा मन्त्रालयका अनुसार समूहबाट अलग हुँदा तेल उत्पादन र व्यापारमा थप स्वतन्त्रता र लचकता प्राप्त हुने अपेक्षा गरिएको छ।
सन् १९६७ देखि सदस्य रहँदै आएको यूएईको बहिर्गमनले ओपेकमा अब ११ राष्ट्र मात्र बाँकी रहनेछन्। ऊर्जा क्षेत्रका विश्लेषकहरूले यसलाई ओपेकका लागि ठूलो झट्काका रूपमा लिएका छन्। केहीले त यसलाई समूहको प्रभाव कमजोर बन्ने संकेतसमेत बताएका छन्।
तथ्यांकअनुसार यूएईले वार्षिक करिब २९ लाख ब्यारेल तेल उत्पादन गर्दै आएको छ, जुन ओपेकभित्र उल्लेखनीय हिस्सा हो। यसको बहिर्गमनले विश्व तेल बजार र खाडी क्षेत्रको राजनीतिमा दीर्घकालीन प्रभाव पार्ने अनुमान गरिएको छ।
👍 सेयर गर्नुहोस् ताकि अरू पनि अपडेट रहुन् .

Comments
Post a Comment
Online news is a fast and convenient way to stay updated with what’s happening around the world. It provides real-time information on important events and allows people to access news anytime through their devices. This makes it easier to stay informed and connected.