अमेरिकी राष्ट्रपति Donald Trump का विशेष दूत Sergio Gor काठमाडौं आइपुगेका छन्

 

अमेरिकी राष्ट्रपति Donald Trump का विशेष दूत Sergio Gor काठमाडौं आइपुगेका छन्। दक्षिण तथा मध्य एसिया मामिला हेर्ने उनी बिहीबार साँझ नेपाल पुगेका हुन्।


भारतका लागि अमेरिकी राजदूतसमेत रहेका गोर Nepal Airlines को उडानमार्फत काठमाडौं आएका थिए। उनलाई नेपालस्थित अमेरिकी दूतावासका अधिकारीहरूले स्वागत गरेका छन्।

काठमाडौं बसाइका क्रममा उनले परराष्ट्रमन्त्री Shishir Khanal लगायत उच्चस्तरीय व्यक्तिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ। द्विपक्षीय सम्बन्ध र क्षेत्रीय विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार, काठमाडौं भ्रमणपछि उनले Sagarmatha region को अवलोकन गर्नेछन् र त्यसपछि भारत फर्किने कार्यक्रम तय भएको छ।

👍 सेयर गर्नुहोस् ताकि अरू पनि अपडेट रहुन् .


Comments