नेपाल राष्ट्र बैंक ले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
निर्धारित दरअनुसार अमेरिकी डलर १ को खरिददर १५०.९७ रुपैयाँ र बिक्रीदर १५१.५७ रुपैयाँ कायम भएको छ। युरो १ को खरिददर १७६.५७ र बिक्रीदर १७७.२७ रुपैयाँ तोकिएको छ भने बेलायती पाउण्ड स्टर्लिङ १ को खरिददर २०३.५५ र बिक्रीदर २०४.३६ रुपैयाँ रहेको छ।
त्यस्तै, अष्ट्रेलियन डलर १ को खरिददर १०८.१३ र बिक्रीदर १०८.५६ रुपैयाँ, क्यानेडियन डलर १ को खरिददर ११०.४६ र बिक्रीदर ११०.९० रुपैयाँ तथा सिंगापुर डलर १ को खरिददर ११८.१८ र बिक्रीदर ११८.६५ रुपैयाँ निर्धारण गरिएको छ।
एसियाली मुद्रातर्फ जापानी येन १० को खरिददर ९.२५ र बिक्रीदर ९.४१ रुपैयाँ तथा चिनियाँ युआन १ को खरिददर २२.०८ र बिक्रीदर २२.१७ रुपैयाँ कायम छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६०.१५ रुपैयाँ तोकिएको छ।
केन्द्रीय बैंकले आवश्यकताअनुसार विनिमयदर परिमार्जन हुन सक्ने जनाएको छ भने वाणिज्य बैंकहरूले निर्धारण गर्ने दर फरक हुन सक्ने जानकारी दिएको छ।
👍 सेयर गर्नुहोस् ताकि अरू पनि अपडेट रहुन् .
Comments
Post a Comment
Online news is a fast and convenient way to stay updated with what’s happening around the world. It provides real-time information on important events and allows people to access news anytime through their devices. This makes it easier to stay informed and connected.