चीनको हाइनान प्रान्तस्थित सान्यामा सम्पन्न छैटौँ बीच एसियन गेम्स २०२६ औपचारिक रूपमा सकिएको छ। यस संस्करणमा नेपालले एक कास्य पदकसहित आफ्नो यात्रा समाप्त गरेको छ।
नेपालबाट दुई खेलमा सहभागिता जनाइएको थियो। बीच महिला कबड्डी टोलीले कास्य पदक जित्दै देशको लागि गर्वको उपलब्धि दिलाएको हो भने बीच रेस्लिङमा सहभागी खेलाडीहरू नकआउट चरणबाटै बाहिरिएका थिए।
पदक तालिकामा आयोजक चीन शीर्ष स्थानमा रह्यो। चीनले २४ स्वर्ण, १८ रजत र १३ कास्यसहित कुल ५५ पदक जितेको छ। दोस्रो स्थान थाइल्याण्डले १० स्वर्णसहित कुल २८ पदक हात पारेको छ भने इरान ९ स्वर्णसहित तेस्रो स्थानमा रहेको छ।
अन्य देशमध्ये भियतनाम, फिलिपिन्स, भारत, युएई, कतार, कोरिया र श्रीलंका शीर्ष १० भित्र परेका छन्।
यस प्रतियोगितामा १४ खेलका ६२ इभेन्टमा ४५ राष्ट्रका १,८०० भन्दा बढी खेलाडीले सहभागिता जनाएका थिए।
समापन समारोहमा ओलम्पिक काउन्सिल अफ एसिया (OCA) का अध्यक्ष जोन बीन अहमद अलथानीले आगामी सातौँ बीच एसियन गेम्स २०२८ को आयोजना अधिकार फिलिपिन्सलाई हस्तान्तरण गरेका छन्।
👍 सेयर गर्नुहोस् ताकि अरू पनि अपडेट रहुन् .

Comments
Post a Comment
Online news is a fast and convenient way to stay updated with what’s happening around the world. It provides real-time information on important events and allows people to access news anytime through their devices. This makes it easier to stay informed and connected.