बोक्सी आरोपमा एकल महिलामाथि क्रूर ज्यादती, एक पक्राउ


रौतहट — कटहरिया नगरपालिका–९ मा ५५ वर्षीया एकल महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट र अमानवीय व्यवहार गरिएको घटना सार्वजनिक भएको छ। स्थानीय १४/१५ जनाको समूहले महिलालाई घरबाट तानेर कुटपिट गर्नुका साथै जबरजस्ती मलमूत्र खुवाएको आरोप छ।


पीडितका अनुसार छिमेकीहरूले नाबालक बिरामी परेको विषयलाई लिएर आफूलाई ‘बोक्सी’ भन्दै आक्रमण गरेका थिए। घटनापछि उनले इलाका प्रहरी कार्यालयमा जाहेरी दिएकी छन्।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ। जिल्ला प्रहरीका अनुसार अन्य संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ।

कानुनअनुसार बोक्सीको आरोपमा कसैमाथि कुटपिट, अपमान वा अमानवीय व्यवहार गर्नु गम्भीर अपराध हो। यस्तो कसूरमा कैद, जरिवाना र पीडितलाई क्षतिपूर्ति दिने व्यवस्था रहेको प्रहरीले जनाएको छ।

प्रहरीले दोषी जो–कोही भए पनि कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ भने पीडितको पहिचान गोप्य राखिएको छ।

👍 सेयर गर्नुहोस् ताकि अरू पनि अपडेट रहुन् .

Comments