वैशाख २३, २०८३ (बुधबार) - प्रस्तावित युद्धविराम कार्यान्वयन हुनुअघि नै रूसले युक्रेनका विभिन्न सहरमा ड्रोन र मिसाइल आक्रमण गर्दा कम्तीमा २६ जनाको मृत्यु भएको छ भने ८० भन्दा बढी घाइते भएका छन्।अधिकारीहरूका अनुसार मंगलबार दिउँसो पूर्वी सहर क्रामातोर्स्क, दक्षिणपूर्वी जापोरिज्झिया र उत्तरी चेर्निहिभमा ग्लाइड बम प्रहार गरिएको थियो। जापोरिज्झियामा मात्र कम्तीमा १२ जनाको ज्यान गएको पुष्टि गरिएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेको जानकारी दिँदै सर्वसाधारणलाई लक्षित गरिएको यो आक्रमणलाई “गम्भीर र निन्दनीय” बताएका छन्। उनले युद्ध अन्त्यका लागि रूसलाई दबाब दिनुपर्ने आवश्यकता औंल्याएका छन्।
यस्तै, युक्रेनको राज्य ऊर्जा कम्पनी नाफ्टोगाजका प्रमुख सेरही कोरेत्स्कीका अनुसार आक्रमणबाट ऊर्जा संरचनामा ठूलो क्षति पुगेको छ। उनका अनुसार यस आक्रमणमा मानव रहित हवाई साधन (UAV) र ब्यालिस्टिक मिसाइल दुवै प्रयोग गरिएको थियो।
युद्धविराम घोषणाअघि भएको यो आक्रमणले क्षेत्रीय तनाव झनै चुलिएको विश्लेषण गरिएको छ।
© अनलाइन न्युज पोस्ट
👍 सेयर गर्नुहोस् ताकि अरू पनि अपडेट रहुन् .

Comments
Post a Comment
Online news is a fast and convenient way to stay updated with what’s happening around the world. It provides real-time information on important events and allows people to access news anytime through their devices. This makes it easier to stay informed and connected.