साइबर सुरक्षा कडाइले मेटालाई चुनौती: न्यू मेक्सिकोमा सेवा बन्द हुन सक्ने संकेत




अमेरिकाको न्यू मेक्सिको राज्यमा सामाजिक सञ्जाल प्रयोगसम्बन्धी कडा नियमको बहस चर्किँदै जाँदा प्रविधि कम्पनी मेटाले आफ्ना सेवा बन्द गर्न सक्ने चेतावनी दिएको छ। फेसबुक र इन्स्टाग्रामजस्ता प्लेटफर्म सञ्चालन गर्ने कम्पनीले कानुनी दबाब बढेपछि यस्तो संकेत गरेको हो।

राज्यका सरकारी अभियोजकहरूले मेटामाथि बालबालिकाका लागि असुरक्षित र लत बढाउने वातावरण बनाएको आरोप लगाएका छन्। उनीहरूले उमेर पहिचान कडाइ, गोपनीयता सुधार र थप सुरक्षा नियन्त्रण लागू गर्न अदालतसमक्ष माग राखेका छन्।

यसअघि नै अदालतको जूरीले मेटालाई बालबालिकाको मानसिक स्वास्थ्यमा असर पारेको र संवेदनशील जानकारी लुकाएको ठहर गर्दै ठूलो जरिवाना तोकेको थियो। अब मुद्दाको दोस्रो चरणको सुनुवाइ सुरु हुन लागेको छ।

मेटाले भने आफूले बाल सुरक्षामा सुधार गर्दै आएको दाबी गर्दै, आफूलाई अन्य हजारौँ एप्सभन्दा विशेषरूपमा लक्षित गरिएको जनाएको छ। कम्पनीले कडा उमेर प्रमाणिकरणजस्ता शर्त लागू भएमा व्यवहारिक रूपमा सेवा सञ्चालन असम्भव हुने भन्दै न्यू मेक्सिकोमा आफ्ना प्लेटफर्म बन्द गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएको छ।

यो विवादले अमेरिका भरि बाल सुरक्षा, सामाजिक सञ्जाल नियमन र प्रविधि कम्पनीको जिम्मेवारीबारे नयाँ बहस सुरु गराएको छ।

👍 सेयर गर्नुहोस् ताकि अरू पनि अपडेट रहुन् .

Comments