हर्क साम्पाङ र सुदन किरातीबीच एकताको सहमति, आज औपचारिक घोषणा हुने

२५ बैशाख २०८३ | शुक्रबार

Harka Sampang नेतृत्वको Shram Sanskriti Party र पूर्वमन्त्री Sudan Kirati बीच राजनीतिक एकताको सैद्धान्तिक सहमति भएको छ।


दुवै नेताबीच विभिन्न चरणमा भएको छलफलपछि गएराति एकतामा सहमति जुटेको स्रोतले जनाएको छ। सहमतिअनुसार सुदन किरातीलाई पार्टीको वरिष्ठ नेताको जिम्मेवारी दिइने बताइएको छ।

एकताबारे आज दिउँसो ३ बजे काठमाडौंको Hardik Hotel मा पत्रकार सम्मेलन गरी औपचारिक जानकारी गराइने सुदन किरातीका सहयोगी Hemanta Kirati ले बताएका छन्।


यद्यपि, वैचारिक तथा सैद्धान्तिक विषयमा दुवै पक्षबीच थप छलफल जारी रहेको जनाइएको छ।

पूर्व माओवादी नेता समेत रहेका सुदन किराती यसअघि Communist Party of Nepal (Maoist Centre) र CPN (Unified Socialist) बीच एकता भएपछि बनेको नयाँ राजनीतिक समीकरणपछि Janardan Sharma नेतृत्वको Progressive Democratic Party मा आबद्ध भएका थिए।


गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि भने उनले उक्त पार्टीको साधारण सदस्यता त्यागेका थिए। उनी त्यस पार्टीको पाँच सदस्यीय अध्यक्ष परिषद्मा समेत रहेका थिए।
© अनलाइन न्युज पोस्ट

👍 सेयर गर्नुहोस् ताकि अरू पनि अपडेट रहुन् .

Comments