लुम्बिनी प्रदेशका पहाडी भेगमा भारी वर्षाको चेतावनी : मौसम पूर्वानुमान महाशाखा .




















जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी प्रदेशको पहाडी भूभागमा आगामी तीन दिन मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ।


शनिबार साँझ जारी बुलेटिनअनुसार हाल कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बादल छ। अन्य भूभागमा भने आंशिक बादल देखिएको छ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हाल मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज (शनिबार) राति लुम्बिनी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। त्यस्तै भोलि आइतबार राति पनि सोही प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम रहेको छ।

आगामी सोमबार राति कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

महाशाखाले सचेत रहन तथा आवश्यक सुरक्षाका उपाय अवलम्बन गर्न आग्रह गरेको छ।

👍
सेयर गर्नुहोस् ताकि अरू पनि अपडेट रहुन् .

Comments