शनिबार, वैशाख २६, २०८३
Darchula District अन्तर्गत पर्ने अपीहिमाल गाउँपालिकामा बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलनको सिजन सुरु भएसँगै सबै सामुदायिक विद्यालय १५ दिनका लागि बन्द गरिने भएका छन्।गाउँपालिकाले शिक्षक, विद्यार्थी तथा अभिभावकहरू यार्सा संकलनका लागि लेकतर्फ प्रस्थान गर्ने भएकाले आइतबारदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको हो। शिक्षा शाखाका अनुसार यो बिदा वर्खे बिदासँग मिलान गरेर व्यवस्थापन गरिएको छ।
गाउँपालिकाभित्र रहेका २२ वटा सामुदायिक विद्यालयका करिब १,१०० विद्यार्थी अध्ययनरत छन्। तीमध्ये धेरै विद्यार्थी आफ्ना परिवारसँगै यार्सा संकलनका लागि पाटन क्षेत्रमा जाने परम्परा रहेको छ।
स्थानीयवासीका अनुसार छोटो समयमा राम्रो आम्दानी हुने भएकाले यार्सा सिजनमा अधिकांश गाउँ खालीजस्तै देखिने गर्छ। यस वर्ष पनि लोलु, रिङ्देपानी, सतगंगा, कालीढुंगा लगायतका लेकाली क्षेत्रहरूमा संकलनकर्ता पुगिसकेका छन्।
शिक्षा शाखाले जारी गरेको सूचनाअनुसार विद्यालयहरू जेठ १० गतेदेखि पुनः सञ्चालनमा आउनेछन्। यार्सा सिजनसँगै जिल्लाका अन्य गाउँपालिकामा पनि जनजीवन लेकतर्फ केन्द्रित भएको छ।
© अनलाइन न्युज पोस्ट
👍 सेयर गर्नुहोस् ताकि अरू पनि अपडेट रहुन् .

Comments
Post a Comment
Online news is a fast and convenient way to stay updated with what’s happening around the world. It provides real-time information on important events and allows people to access news anytime through their devices. This makes it easier to stay informed and connected.