२९ वैशाख २०८३, पर्सा
पर्सा राष्ट्रिय निकुञ्जले त्रिभुवन राजपथअन्तर्गत पथलैया–अमलेखगञ्ज सडक विस्तारका क्रममा वन्यजन्तुको सुरक्षित आवतजावत सुनिश्चित गर्न दुई वटा ‘ओभरपास’ निर्माण गर्न सडक विभागसमक्ष प्रस्ताव गरेको छ।निकुञ्ज क्षेत्रभित्र पर्ने करिब ८ किलोमिटर सडकखण्डमा अत्यधिक सवारी चापका कारण वन्यजन्तु दुर्घटनामा पर्ने जोखिम बढ्दै गएको भन्दै निकुञ्ज प्रशासनले जनावरमैत्री पूर्वाधार निर्माणमा जोड दिएको हो।
अमलेखगञ्ज–पथलैया सडकखण्डमा बेलाबखत हात्तीले सवारीसाधन लखेट्ने तथा मानव–वन्यजन्तु द्वन्द्वका घटना पनि हुने गरेका छन्। निकुञ्जले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।
सडक डिभिजन हेटौँडाका इन्जिनियर भोलाप्रसाद साहले निकुञ्ज क्षेत्रभित्र ओभरपास निर्माणलगायतका सुझाव सडक विभागमा पठाइसकिएको जानकारी दिए।
© अनलाइन न्युज पोस्ट .
👍 सेयर गर्नुहोस् ताकि अरू पनि अपडेट रहुन् .

Comments
Post a Comment
Online news is a fast and convenient way to stay updated with what’s happening around the world. It provides real-time information on important events and allows people to access news anytime through their devices. This makes it easier to stay informed and connected.