न्यूयोर्क अदालतद्वारा जेफ्री एपस्टिनको कथित ‘सुसाइड नोट’ सार्वजनिक


 


न्यूयोर्क | मे ६, २०२६

न्यूयोर्क मा एक संघीय न्यायाधीशले दिवंगत वित्तीय कारोबारी जेफ्री एपस्टिन को नाममा रहेको भनिएको ‘सुसाइड नोट’ सार्वजनिक गरेका छन्। यो दस्तावेज वर्षौँदेखि अदालतको गोप्य अभिलेखमा राखिएको थियो।

अदालतले सार्वजनिक गरेको उक्त कागजात अनौपचारिक र हस्ताक्षरविहीन रहेको बताइएको छ। नोटमा आफूविरुद्ध अनुसन्धान भए पनि केही नपाइएको जस्ता दाबीहरू उल्लेख भएको विवरण सार्वजनिक भएको छ।

यो नोट एपस्टिनका पूर्व जेल सहबन्दी निकोलस टार्टाग्लियोनेले भेटेको दाबी गरिएको थियो। पछि उक्त दस्तावेजलाई कानुनी प्रक्रियामार्फत अदालतमा प्रस्तुत गरिएको र सार्वजनिक पहुँचको आधारमा खोलिएको बताइएको छ।

अदालतका अनुसार दस्तावेजलाई न्यायिक रेकर्डको हिस्सा मान्दै सार्वजनिक गरिएको हो, किनकि यो सम्बन्धित आपराधिक मुद्दासँग जोडिएको थियो।

अमेरिकी सञ्चारमाध्यमका अनुसार एपस्टिनको मृत्यु २०१९ मा जेलभित्र भएको थियो, जसलाई आधिकारिक रूपमा आत्महत्या भनिएको छ। तर घटनासँग जोडिएका विभिन्न दस्तावेज र नयाँ खुलासाले उनको मृत्युबारे पुनः बहस चर्किएको छ।

Comments