कोलकाता | २३ वैशाख २०८३
पश्चिम बंगाल मा निर्वाचन परिणामपछि राजनीतिक हिंसा चर्किएको छ। विभिन्न जिल्लामा भएका झडप र आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको छ भने सुरक्षाकर्मीसमेत घाइते भएका छन्।
उत्तर २४ परगना जिल्लाको सन्देशखाली अन्तर्गत बामनघेरी क्षेत्रमा मंगलबार राति गस्तीमा रहेको प्रहरी र केन्द्रीय सुरक्षाबलमाथि आक्रमण भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आक्रमणका क्रममा गोली प्रहार हुँदा पाँच जना सुरक्षाकर्मी घाइते भएको बताइएको छ।
घाइते हुनेमा प्रहरी चौकी प्रमुख, एक प्रहरी जवान, एक महिला प्रहरी तथा केन्द्रीय सुरक्षा बलका दुई जवान रहेको उल्लेख गरिएको छ।
पछिल्लो २४ घण्टामा राज्यका विभिन्न स्थानमा चार जनाको हत्या भएको विवरण सार्वजनिक भएको छ। मृतकमध्ये भारतीय जनता पार्टी (भाजपा) र तृणमूल कांग्रेस (टीएमसी) का दुई–दुई कार्यकर्ता रहेको दाबी गरिएको छ।
भाजपाले उत्तर २४ परगना र हावडाका घटनामा आफ्ना कार्यकर्ताको हत्या भएको आरोप टीएमसीमाथि लगाएको छ। यता टीएमसीले पनि कोलकाता र वीरभूमका क्षेत्रमा आफ्ना सदस्यको हत्या भएको दाबी गर्दै प्रतिपक्षीमाथि आरोप लगाएको छ।
यसैबीच, कोलकाताको न्यू मार्केट क्षेत्रमा भीडले टीएमसीको पार्टी कार्यालयमा डोजर प्रयोग गरी तोडफोड गरेको र आसपासका पसलहरूमा पनि क्षति पुर्याएको बताइएको छ।
कोलकाता मा देखिएको तनावपछि तृणमूल कांग्रेसले सामाजिक सञ्जालमार्फत ‘परिवर्तनको नाममा हिंसा’ भइरहेको आरोप लगाएको छ।
प्रहरीले घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ। राज्यमा सुरक्षा अवस्था थप कडा बनाइएको बताइएको छ।
© अनलाइन न्युज पोस्ट
👍 सेयर गर्नुहोस् ताकि अरू पनि अपडेट रहुन् .

Comments
Post a Comment
Online news is a fast and convenient way to stay updated with what’s happening around the world. It provides real-time information on important events and allows people to access news anytime through their devices. This makes it easier to stay informed and connected.