५ कि.मि.सम्म झ्यालमा झुण्डिए चोर, यात्रुले समातेपछि अनौठो घटना सार्वजनिक



मिति: २२ बैशाख २०८३, मंगलवार

बिहारको साहेबपुर स्टेशनबाट दिल्लीतर्फ गइरहेको रेलमा एक अचम्मलाग्दो घटना सार्वजनिक भएको छ। रेल यात्रा गरिरहेका बेला एक चोरले बाहिरबाट झ्यालमार्फत यात्रुको मोबाइल लुट्ने प्रयास गरेको बताइएको छ।

तर, चोरको योजना असफल बन्यो जब यात्रुले तुरुन्तै प्रतिक्रिया दिँदै उसको हात समाते। यात्रुले चोरलाई नछोडेपछि ऊ रेलको झ्याल बाहिरै झुण्डिएको अवस्थामा करिब १५ किलोमिटर टाढासम्म तानिएको जनाइएको छ।

घटनापछि उक्त दृश्यले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ। सुरक्षा व्यवस्थामाथि प्रश्न उठाउँदै यस्तो घटनाले यात्रु सतर्क रहनुपर्ने आवश्यकता औंल्याएको छ।

👍 सेयर गर्नुहोस् ताकि अरू पनि अपडेट रहुन् . 

Comments