म्याद गुज्रेको दही फेला परेपछि विपद् प्राधिकरणको क्यान्टिनलाई दुई लाखभन्दा बढी जरिबाना


काठमाडौं | २४ वैशाख २०८३

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गत सिंहदरबारस्थित चमेना गृह (क्यान्टिन) मा म्याद गुज्रेको दही फेला परेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ले दुई लाख पाँच हजार रुपैयाँ जरिबाना गरेको छ।

विभागको अनुगमन टोलीले गरेको निरीक्षणका क्रममा म्याद नाघेको दही बिक्रीका लागि राखिएको भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरिएको जनाएको छ।

अनुगमनपछि सम्बन्धित दही उत्पादक श्रीकृष्ण डेरी फर्म लाई व्यवसाय दर्ता प्रमाणपत्र तथा बिक्री बिलसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

घटनापछि सरकारी निकायभित्र सञ्चालित क्यान्टिनहरूको खाद्य गुणस्तर र अनुगमन प्रक्रियामाथि पनि प्रश्न उठ्न थालेको छ।

© अनलाइन न्युज  पोस्ट

👍 सेयर गर्नुहोस् ताकि अरू पनि अपडेट रहुन् 

Comments