विमानस्थलमा समिट एयरको जहाज कर्मचारीले धकेलेको दृश्य भाइरल, व्यवस्थापनमाथि प्रश्न.


काठमाडौं

सामाजिक सञ्जालमा यतिबेला Summit Air को जहाज कर्मचारीहरूले हातले धकेल्दै गरेको भिडियो तीव्र रूपमा भाइरल बनेको छ। विमानस्थल परिसरमा कर्मचारीहरू स्वयं जहाज सार्न सक्रिय देखिएको दृश्य सार्वजनिक भएपछि धेरैले यसलाई लाजमर्दो अवस्था भन्दै टिप्पणी गरेका छन्।

भाइरल भिडियोमा ग्राउन्ड स्टाफले जहाजलाई पछाडिबाट धकेल्दै गरेको देखिन्छ। सामान्यतया विमान सार्न विशेष उपकरण प्रयोग गरिने भए पनि कर्मचारी स्वयंले जहाज धकेलेको दृश्यले विमानस्थल व्यवस्थापन र प्राविधिक तयारीमाथि प्रश्न उठाएको छ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले नेपालको हवाई सेवा व्यवस्थापन, पूर्वाधार र उपकरण अभावबारे आलोचना गरिरहेका छन्। कतिपयले यस्तो दृश्यले अन्तर्राष्ट्रिय स्तरमा देशको छविमाथि समेत असर पार्ने टिप्पणी गरेका छन्।

घटनाबारे सम्बन्धित निकाय वा एयरलाइन्स कम्पनीले औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन। भिडियो भने फेसबुक, टिकटकलगायत विभिन्न प्लेटफर्ममा व्यापक रूपमा शेयर भइरहेको छ।
© अनलाइन न्युज पोस्ट

👍 सेयर गर्नुहोस् ताकि अरू पनि अपडेट रहुन् .

Comments