रूस र युक्रेनद्वारा छुट्टाछुट्टै युद्धविराम घोषणा.


रूसले विजय दिवस समारोहलाई लक्षित गर्दै मे ८–९ का लागि अस्थायी युद्धविराम प्रस्ताव गरेको छ। यता Ukraine ले पनि आफ्नै युद्धविराम योजना सार्वजनिक गर्दै दीर्घकालीन शान्ति प्रयासको आवश्यकता औंल्याएको छ।


Russia ले दोस्रो विश्वयुद्धमा नाजी जर्मनीमाथिको विजयको सम्झनामा मनाइने ‘भिक्ट्री डे’ समारोहका क्रममा युद्ध रोक्ने प्रस्ताव अघि सारेको हो। तर युक्रेनले छोटो अवधिको युद्धविरामभन्दा स्थायी समाधान र व्यापक शान्ति वार्तामा जोड दिएको जनाएको छ।

दुवै पक्षबाट आएका घोषणालाई युद्ध अन्त्यतर्फको सम्भावित संकेतका रूपमा हेरिए पनि स्थायी सहमति हुने वा नहुनेबारे अन्तर्राष्ट्रिय चासो कायम रहेको छ।
© अनलाइन न्युज पोस्ट

👍 सेयर गर्नुहोस् ताकि अरू पनि अपडेट रहुन् .

Comments