प्रधानमन्त्री बालेन आज संसदमा बोल्ने नीति तथा कार्यक्रममाथि सांसदको प्रश्नको जवाफ दिने.

Prime Minister Balen Shah

३० वैशाख २०८३

आज बुधबार प्रतिनिधि सभाको बैठक बिहान ११ बजेदेखि सुरु हुँदैछ। सभामुख डोलप्रसाद अर्यालले नीति तथा कार्यक्रममाथि दलीय आधारमा छलफल र प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ दिनका लागि आज वैशाख ३० गतेको समय छुट्टयाइएको जानकारी दिएका छन् र यो दुवै काम एकै दिनमा सकिने व्यवस्था गरिएको छ।

विपक्षीको चर्को आलोचना
नेपाली कांग्रेसदेखि एमाले, नेकपा र राप्रपासम्मले सरकारको नीति तथा कार्यक्रमलाई पुरानै शैलीको, दिशाहीन र निराशाजनक भएको टिप्पणी गरेका छन्। कांग्रेस सांसद अर्जुननरसिंह केसीले यसलाई "निरन्तरको कर्मकाण्ड" को संज्ञा दिए।

राष्ट्रपतिको वाचन बीचमै बाहिरिएको विवाद
सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह बीचैमा बैठक छोडेर बाहिरिएका थिए। राष्ट्रपतिले वाचन सकेपछि प्रधानमन्त्रीको कुर्सी खाली थियो। यो प्रधानमन्त्री भएपछिको दोस्रो संसद् अधिवेशन भए पनि उनले हालसम्म संसद्मा एकपटक पनि सम्बोधन गरेका छैनन्।

कांग्रेसले जवाफ माग्यो
प्रमुख प्रतिपक्षी कांग्रेसकी प्रमुख सचेतक वासना थापाले संसद बैठकमा भनिन् "राष्ट्रपतिज्यूबाट सम्बोधन भइरहेको समयमा प्रधानमन्त्री शाह सदनबाट बाहिरिनु सामान्य विषय नभई गम्भीर विषय हो यसबारे सरकारका तर्फबाट स्पष्ट जवाफ चाहियो।"

राप्रपाका नेताको तीखो प्रश्न
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमार्फत प्रश्न उठाए "आफ्नै सरकारले बनाएको नीति प्रधानमन्त्री आफैंलाई मन परेन कि, त्यसैले राष्ट्रपतिबाट प्रस्तुत गरिएको नीति तथा कार्यक्रम नसुनी बाहिरिनुभयो?"

नीति कार्यक्रमका महत्त्वाकांक्षी लक्ष्य
सरकारको नीति तथा कार्यक्रमले आगामी दशकमा सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने, सुशासनका लागि कर्मचारी ट्रेड युनियन खारेज गर्ने र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने जस्ता महत्त्वाकांक्षी लक्ष्य राखेको छ।

आज प्रधानमन्त्री बालेन्द्र शाह पहिलो पटक संसदमा सम्बोधन गर्दै सांसदहरूका सवालको जवाफ दिनेछन् र यो क्षण नेपाली राजनीतिमा व्यापक चर्चाको केन्द्र बन्ने देखिन्छ।

© अनलाइन न्युज पोस्ट .
👍 सेयर गर्नुहोस् ताकि अरू पनि अपडेट रहुन् .

#nepal #parliament #balen #balendrashahh #raswapark #nitikaryakram #pratinidhibsabha #nepal2083 #nepalipolitics #nepalgovernment #budget2083

Comments