सन्दीप लामिछानेद्वारा विश्व कीर्तिमान कायम.


नेपाली क्रिकेटका पूर्व कप्तान तथा राष्ट्रिय टोलीका प्रमुख स्पिनर Sandeep Lamichhane ले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा नयाँ विश्व कीर्तिमान कायम गरेका छन्।

स्कटल्याण्डविरुद्धको खेलमा ब्राण्डन मक्मलेनलाई आउट गर्दै सन्दीपले आफ्नो ७३ औँ ओडीआई खेलमै १ सय ५० विकेट पूरा गरेका हुन्। यससँगै उनले अष्ट्रेलियाका चर्चित बलर Mitchell Starc को रेकर्ड तोडेका छन्।

यसअघि स्टार्कले ७७ खेलमा १ सय ५० विकेट पूरा गर्दै कीर्तिमान बनाएका थिए। सन्दीपले कम खेलमै उक्त उपलब्धि हासिल गर्दै नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा थप गौरवान्वित बनाएका छन्।

सन्दीपको यो ऐतिहासिक सफलतापछि सामाजिक सञ्जालदेखि क्रिकेट समर्थकमाझ खुसी र बधाईको लहर छाएको छ।

© अनलाइन न्युज पोस्ट .
👍 सेयर गर्नुहोस् ताकि अरू पनि अपडेट रहुन् .


Comments