काठमाडौं | बुधबार, २३ बैशाख २०८३ नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्ष पदमा नरेशलाल श्रेष्ठ निर्वाचित भएका छन्। कडा प्रतिस्पर्धामा उनले प्रतिद्वन्द्वी शिव घिमिरेलाई ३ मतको झिनो अन्तरले पराजित गरेका हुन्।
निर्वाचन परिणामअनुसार श्रेष्ठले ६३ मत प्राप्त गर्दा घिमिरेले ६० मत पाएका थिए। मंगलबार सम्पन्न निर्वाचनमा वस्तुगत समूहतर्फ २६ उम्मेदवार प्रतिस्पर्धामा रहेकामा १३ जना सदस्य चयन भएका छन्।
निर्वाचित सदस्यहरूमा अरनिको राजभण्डारी, नानिराज घिमिरे, पशुपति देव पाण्डे, विदुर धमला, भक्तबहादुर हमाल, रविन पुरी, राजकुमार कार्की, लिलेन्द्र प्रधान, संघर्ष विष्ट, सागर ढकाल र होमप्रसाद घिमिरे रहेका छन्।
यद्यपि, चार उम्मेदवार— सुरज बन्जाडे, विप्लप अधिकारी, रघुनन्दन मारु र निराज चलाउने—ले समान ५०–५० मत प्राप्त गरेपछि दुई सदस्य छनोटका लागि चिठा प्रणाली अपनाइने भएको छ।
महिला सदस्यतर्फ सुनिता न्हेम्हाफुकी विजयी भएकी छन्।
© अनलाइन न्युज पोस्ट
👍 सेयर गर्नुहोस् ताकि अरू पनि अपडेट रहुन् .

Comments
Post a Comment
Online news is a fast and convenient way to stay updated with what’s happening around the world. It provides real-time information on important events and allows people to access news anytime through their devices. This makes it easier to stay informed and connected.