बजार जान निस्किएकी महिला शिवपुरी जंगलमा मृत फेला, एक पक्राउ



काठमाडौं, २३ वैशाख २०८३ - तारकेश्वर–३, तीनपिप्लेकी ४५ वर्षीया सरिता तिवारी मृत अवस्थामा फेला परेकी छन्। वैशाख ११ गते ‘बजार जान्छु’ भन्दै घरबाट निस्किएकी उनी त्यसयता सम्पर्कविहीन थिइन्।

परिवारले भोलिपल्टै प्रहरीमा खोजतलासका लागि जाहेरी दिएको थियो। खोजी अभियानकै क्रममा मंगलबार टोखा–१ स्थित शिवपुरी जंगलमा गाडिएको अवस्थामा उनको शव फेला पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले टोखा–२ का ३५ वर्षीय अनिल डङोललाई पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानले घटनालाई हत्या भएको संकेत गरेको प्रहरीको भनाइ छ।

पक्राउ परेका डङोलमाथि कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको छ। घटनाको कारण र पृष्ठभूमिबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

© अनलाइन न्युज  पोस्ट

👍 सेयर गर्नुहोस् ताकि अरू पनि अपडेट रहुन् . 




Comments