कालीकोट | २३ वैशाख २०८३
कालीकोट मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सान्नी त्रिवेणी गाउँपालिका–३ निवासी ५७ वर्षीय टीकाराम देवकोटा रहेका छन्।
मंगलबार साँझ बाख्रा चराएर घर फर्कने क्रममा सडकमा झरेको विद्युत् तारबाट करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।
स्थानीयका अनुसार राष्ट्रिय प्रसारण लाइनअन्तर्गतको तार सडक खन्ने क्रममा चुँडिएर बाटोमा खसेको थियो। सोही तारबाट करेन्ट प्रवाह भइरहेका बेला देवकोटा सम्पर्कमा आउँदा दुर्घटना भएको बताइएको छ।
घटनापछि मृतकका आफन्तहरूले नेपाल विद्युत् प्राधिकरण को लापरबाहीका कारण ज्यान गएको आरोप लगाएका छन्। उनीहरूले सडकमा झरेको तार समयमै व्यवस्थापन नगर्दा मानवीय क्षति भएको बताएका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
© अनलाइन न्युज पोस्ट
👍 सेयर गर्नुहोस् ताकि अरू पनि अपडेट रहुन् .
Comments
Post a Comment
Online news is a fast and convenient way to stay updated with what’s happening around the world. It provides real-time information on important events and allows people to access news anytime through their devices. This makes it easier to stay informed and connected.