काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्रभित्र पर्ने तिलगङ्गामा सरकारी जमिन अतिक्रमण गरेर बनाइएका घरटहरा भत्काउन सुरु गरेको छ। महानगर प्रहरी बलका प्रमुख विष्णु जोशीका अनुसार आज साँझ ६ बजेदेखि उक्त क्षेत्रमा हटाउने कार्य अघि बढाइएको हो।
महानगरले सार्वजनिक सम्पत्ति संरक्षण अभियानअन्तर्गत अतिक्रमित संरचना हटाउने कार्यलाई तीव्रता दिएको जनाएको छ। आजै स्वयम्भू, बालाजु–गोङ्गबु बसपार्क र देवीनगर क्षेत्रमा पनि अवैध संरचना हटाउने काम जारी रहेको छ।
यसअघि शुक्रबार बल्खु र कालिमाटी क्षेत्रमा नदी किनारका जोखिमयुक्त बस्ती हटाइएको थियो। हालसम्म काठमाडौं उपत्यकाभित्र करिब दुई हजारभन्दा बढी अवैध घरटहरा हटाइसकिएको महानगरको दाबी छ।
👍 सेयर गर्नुहोस् ताकि अरू पनि
अपडेट रहुन् .

Comments
Post a Comment
Online news is a fast and convenient way to stay updated with what’s happening around the world. It provides real-time information on important events and allows people to access news anytime through their devices. This makes it easier to stay informed and connected.