२५ बैशाख २०८३ | सिरहा
Siraha को Dhangadhimai Municipality–१० दनुवारी टोलकी Anita Mahato लाई अहिले रासायनिक मलको अभावले चिन्तित बनाउँदैन। उनले पछिल्लो छ महिनादेखि आफ्नो खेतमा रासायनिक मलको सट्टा गँड्यौला मल प्रयोग गर्न थालेकी छन्।अनिताले करिब पाँच कट्ठा जमिनमा तरकारी खेती गर्दै आएकी छन्। गँड्यौला मल प्रयोग गरेपछि उत्पादनमा सुधार आएको र माटोको उर्वराशक्ति बढेको उनको अनुभव छ। उनका अनुसार यसले माटोमा चिस्यान कायम राख्न सहयोग गर्नुका साथै अग्र्यानिक तरकारी उत्पादनमा समेत फाइदा पुगेको छ।
सोही टोलकी Sugandha Devi Singh ले पनि गँड्यौला मल प्रयोग गर्दै खेतीपाती गरिरहेकी छन्। स्थानीय ११ घरपरिवारले ‘महारानी महिला कृषक समूह’ गठन गरी व्यावसायिक रूपमा गँड्यौला मल उत्पादन गरिरहेका छन्। समूहमा २६ सदस्य आबद्ध रहेका छन् भने अन्य १२ घरपरिवारले कम्पोष्ट मल उत्पादन गरिरहेका छन्।
समूहकी कोषाध्यक्ष Urmila Mahato का अनुसार किसानहरू विस्तारै जैविक मलतर्फ आकर्षित हुँदै गएका छन्। गाईभैँसीको मलमूत्र, झारपात र जैविक फोहोरमा गँड्यौला छाडेर तयार गरिने यो मल माटोको गुणस्तर सुधारका लागि उपयोगी मानिन्छ।
National Farmers Group Federation Nepal ले Care Nepal को सहयोगमा सञ्चालन गरेको ‘जलवायुमैत्री गाउँ परियोजना’मार्फत किसानलाई आधुनिक र जलवायु उत्थानशील कृषि प्रणालीमा आबद्ध गराउँदै आएको छ।
परियोजनाका फिल्ड सुपरीवेक्षक Rabin Sah का अनुसार धनगढीमाई नगरपालिकाका अधिकांश वडामा महिला कृषक समूह गठन गरी गँड्यौला मल उत्पादन, गोठ सुधार, जैविक मल, झोल मल तथा सिँचाइ प्रणाली विस्तारजस्ता कार्यक्रम सञ्चालन भइरहेका छन्।
वरिष्ठ कार्यक्रम अधिकृत Ishwar Thapa ले मधेस प्रदेशमा हरितगृह ग्यास उत्सर्जन घटाउँदै जलवायु उत्थानशील कृषक समुदाय निर्माण गर्नु परियोजनाको मुख्य उद्देश्य रहेको बताए।
उनका अनुसार कार्यक्रम सिरहाका विभिन्न स्थानीय तहसँगै सप्तरीका केही गाउँपालिकामा पनि सञ्चालन भइरहेको छ। ७० प्रतिशत संस्थागत र ३० प्रतिशत किसानको लागत साझेदारीमा कार्यक्रम अघि बढाइएको छ।
विशेषज्ञहरूका अनुसार गँड्यौला मलले माटोमा कार्बन सञ्चिति बढाउने, पोषकतत्वको चुहावट घटाउने र उत्पादनलाई विषादीरहित बनाउन सहयोग पुर्याउँछ। दीर्घकालीन रूपमा माटोको स्वास्थ्य जोगाउन र जलवायु परिवर्तनका चुनौती सामना गर्न जैविक मल प्रभावकारी विकल्पका रूपमा अघि आएको बताइएको छ।
© अनलाइन न्युज पोस्ट
👍 सेयर गर्नुहोस् ताकि अरू पनि अपडेट रहुन् .

Comments
Post a Comment
Online news is a fast and convenient way to stay updated with what’s happening around the world. It provides real-time information on important events and allows people to access news anytime through their devices. This makes it easier to stay informed and connected.