घर ज्वाइँ'पछि फेरि गाउँको कथा लिएर आउँदैछन् अनिल बुढा मगर 'मितज्यू' जेठ ८ मा.


MITAJYU || Movie Official TRAILER 2026 || Dayahang Rai, Saugat Malla, Teriya Phounja Magar

काठमाडौं । सहरका दर्शकलाई गाउँठाउँको सोंधो मुहार देखाउनमा सिद्धहस्त मानिने निर्देशक अनिल बुढा मगर यसपटक नेपाली समाजको पुरानो मौलिक परम्परा 'मितेरी साइनो' लिएर आउँदैछन्। उनको निर्देशनमा बनेको फिल्म 'मितज्यू' आगामी जेठ ८ गतेदेखि नेपालभर प्रदर्शनमा आउँदैछ।

कथा : मित, प्रतिस्पर्धा र मैत्री
सार्वजनिक ट्रेलरले नेपाली समाजको पुरानो मौलिक परम्परा 'मितेरी साइनो' र ग्रामीण परिवेशको कथालाई मुख्य विषयवस्तु बनाएको छ। फिल्मका मुख्य पात्र दयाहाङ राई र सौगात मल्ल गाउँमा भित्रिएको नयाँ बाटोमा गाडी चलाउने चालकका रूपमा देखिएका छन् दुवैबीच मितेरी साइनो छ, तर कसले मान्छे छिटो गन्तव्यमा पुर्‍याउने भन्ने प्रतिस्पर्धा पनि उत्तिकै तीखो छ। Parichay
ट्रेलरमा ज्योतिषीले मितेरी सम्बन्धलाई हल्का रूपमा नलिन चेतावनी दिएको दृश्यले कथामा रहस्य र गहिराइ थपेको छ।

तेरिया मगरको बहुप्रतीक्षित डेब्यु
कुशल नृत्यकार तेरिया फौजा मगरले यही फिल्ममार्फत अभिनयमा पहिलो पाइला टेकेकी छन्। अभिनेता दयाहाङ राईले नै भनेका छन् "यो फिल्मले पाएको सुन्दर पक्ष भनेको तेरिया फौजा मगर हो। उसैको लागि यो सिनेमा घरिघरि पर्खिएको थियो।"

विशाल स्टारकास्ट र प्राविधिक टोली
फिल्ममा दयाहाङ र सौगातका साथै पुष्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तमराज पाण्डे, सविन कट्टेल र खड्गबहादुर पुन मगर (खबपु) लगायतको अभिनय रहेको छ। लोकेश बज्राचार्यको सम्पादन, शिशिर बिशंखेको छायांकन र श्रीकृष्ण बम मल्लको संगीत रहेको यस फिल्मलाई जनक घर्ती मगरले जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण गरेका छन्।

अन्तर्राष्ट्रिय बजारमा माग
फिल्म हङकङ, जापान, साउथ कोरिया, माल्टा, सिंगापुर र पोल्याण्डमा 'सोल्ड आउट' भइसकेको छ। वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ।

© अनलाइन न्युज पोस्ट .
👍 सेयर गर्नुहोस् ताकि अरू पनि अपडेट रहुन् .

Comments