प्लम्बरको छोरा डाक्टर भयो, डा. दिलजन मन्सुको संघर्षको कथाले छोयो मन.


गाउँबाट आएको एउटा केटो खुट्टामा चप्पल, जिउमा हाफ सर्ट र पाइन्ट। बुवाले प्लम्बरको काम गरेर घर चलाउने। छात्रवृत्तिमा नाम निकालेर कलेजको ढोका खटखटाएको यो केटाको छातीमा एउटा ठूलो सपना थियो डाक्टर बन्ने।

तोड्ने शिक्षक र जोड्ने शिक्षक

कलेजमा पाइला टेक्नासाथ उनलाई पहिलो शिक्षकले सोधे "बुवा के गर्नुहुन्छ?" प्लम्बर भनेपछि शिक्षकको जवाफ आयो, "अनि प्लम्बरको छोरा पनि डाक्टर बन्छ? तिम्रो नामले पनि डाक्टर बन्न सुहाउँदैन।"

जवाफ फर्काउन उनी चुकेनन् "त्यो भविष्यमा थाहा होला, तर अहिले यो प्लम्बरको छोरा डाक्टर बन्ने भनेर नै आएको हो।"

त्यही कलेजमा उनले अर्को शिक्षक भेटे साउथ अफ्रिकामा पढेका। ती शिक्षकले भने, "पैसा धेरै भएर साउथ अफ्रिका पढ्ने होइन। तिम्रो बुद्धिले पढ्ने हो, तिम्रो विवेकले पढ्ने हो। तिमी संसारको जुन कुनामा गएर पनि पढ्न सक्छौ मेहनत गर।"

दुई शिक्षक, दुई संसार। एकले भाँच्न खोजे, अर्कोले उठाए।

अन्तिम मोड : जीवनको सबैभन्दा मीठो संयोग

आज डा. दिलजन मन्सु एक सफल चिकित्सक छन्। र जीवनको विडम्बना हेर्नुस् ती पहिलो शिक्षक, जसले भनेका थिए "प्लम्बरको छोरा डाक्टर बन्दैन" आज उपचारका लागि तिनै डाक्टरकहाँ आउनुहुन्छ।

यो कथाले एउटा सत्य फेरि सम्झाउँछ मान्छेको जात, थर र बाउको पेसाले सपना निर्धारण गर्दैन। आफ्नो मेहनत र अरूको एउटा सही शब्दले जीवन बदल्न सक्छ।

© अनलाइन न्युज पोस्ट .
👍 सेयर गर्नुहोस् ताकि अरू पनि अपडेट रहुन् .

Comments