काठमाडौं/नयाँदिल्ली — लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालनबारे नेपालले पठाएको कूटनीतिक नोटको जवाफ दिँदै भारतले उक्त मार्ग नयाँ नभएको दाबी गरेको छ। भारतीय विदेश मन्त्रालयले लिपुलेक पास सन् १९५४ देखि नै तीर्थयात्राका लागि प्रयोग हुँदै आएको बताएको हो।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैयसवालले भारतको धारणा सधैं स्पष्ट र स्थिर रहेको उल्लेख गर्दै एकतर्फी दाबीहरू ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको बताएका छन्। उनले यस्ता दाबीहरू भारतलाई स्वीकार्य नभएको पनि प्रष्ट पारे।
यसअघि नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र आफ्नो अभिन्न भू–भाग भएको दोहोर्याउँदै भारत र चीनलाई कूटनीतिक नोट पठाएको थियो। नेपालले नेपाली भूमि प्रयोग गरी तीर्थयात्रा सञ्चालन गर्न लागिएको भन्दै आपत्ति जनाएको थियो।
भारतले भने सीमासम्बन्धी बाँकी विवाद र अन्य द्विपक्षीय विषयहरू वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्न आफू सधैं तयार रहेको जनाएको छ।
दुवै देशबीच लिपुलेक क्षेत्रलाई लिएर लामो समयदेखि विवाद कायम रहँदै आएको छ, जसले पछिल्ला वर्षहरूमा थप संवेदनशील रूप लिएको छ।
👍 सेयर गर्नुहोस् ताकि अरू पनि अपडेट रहुन् .
Comments
Post a Comment
Online news is a fast and convenient way to stay updated with what’s happening around the world. It provides real-time information on important events and allows people to access news anytime through their devices. This makes it easier to stay informed and connected.