सिन्धुपाल्चोक — लगातारको वर्षासँगै आएको पहिरोका कारण प्रमुख व्यापारिक नाका जोड्ने अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
वैशाख १६ गते सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित ईकु क्षेत्रमा गएको पहिरोले सडक थुनिएपछि आजसम्म पनि राजमार्ग सञ्चालनमा आउन नसकेको प्रहरीले जनाएको छ।
केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार पहिरो हटाउने प्रयास जारी रहे पनि सडक पूर्ण रूपमा खुल्न सकेको छैन। उहाँका अनुसार केही अन्य सडकहरू भने आंशिक रूपमा सञ्चालनमा आएका छन्।
बाढी र पहिरोका कारण भोजपुर नगरपालिका–५ बोखिमको मइ पहाडी लोकमार्ग वैकल्पिक मार्गमार्फत सञ्चालनमा रहेको छ भने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथलेस्थित बेनी–जोमसोम सडकखण्ड एकतर्फी रूपमा मात्र खुला गरिएको छ।
प्रहरीले अवरुद्ध तथा आंशिक रूपमा सञ्चालनमा रहेका सडक प्रयोग गर्दा उच्च सतर्कता अपनाउन यात्रुहरूलाई आग्रह गरेको छ।
👍 सेयर गर्नुहोस् ताकि अरू पनि अपडेट रहुन् .

Comments
Post a Comment
Online news is a fast and convenient way to stay updated with what’s happening around the world. It provides real-time information on important events and allows people to access news anytime through their devices. This makes it easier to stay informed and connected.