काठमाडौं — नेपाल बैंक लिमिटेड र राष्ट्रिय बिमा कम्पनी लिमिटेडबीच कर्मचारीलाई लक्षित गरी कर्जा कारोबार सम्बन्धी सम्झौता भएको छ।
सम्झौताअनुसार राष्ट्रिय बिमा कम्पनीमा कार्यरत कर्मचारीहरूले नेपाल बैंकको काठमाडौँ बैंकिङ अफिस शाखामार्फत व्यक्तिगत आवश्यकताका लागि १५ लाख रुपैयाँसम्म बिना धितो सेवाग्राही कर्जा लिन सक्ने भएका छन्।
दुवै संस्थाले यो सम्झौताले कर्मचारीलाई एकै स्थानबाट वित्तीय सुविधा उपलब्ध गराउने, समयको बचत गर्ने र संस्थागत सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको बताएका छन्।
सम्झौतामा नेपाल बैंकका रिटेल कर्जा प्रमुख अर्जुनबहादुर कँडेल र राष्ट्रिय बिमा कम्पनीकी मुख्य व्यवस्थापक डा. सिर्जना पन्तले हस्ताक्षर गरेका छन्।
👍 सेयर गर्नुहोस् ताकि अरू पनि अपडेट रहुन् .

Comments
Post a Comment
Online news is a fast and convenient way to stay updated with what’s happening around the world. It provides real-time information on important events and allows people to access news anytime through their devices. This makes it easier to stay informed and connected.