⚽ नेयमार फर्किए ! ब्राजिलको विश्वकप टोलीमा ऐतिहासिक वापसी.

 


५ जेठ २०८३, मंगलवार

फुटबलप्रेमीहरूका लागि यो एक रोमाञ्चक खबर हो। फिफा विश्वकप २०२६ का लागि ब्राजिलले ५५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ, जसमा स्टार फुटबलर नेयमारलाई समावेश गरिएको छ।

चोटका कारण लामो समयसम्म मैदान बाहिर रहेका नेयमारलाई प्रारम्भिक टोलीमा स्थान दिइएको हो। करिब अढाइ वर्षको अनुपस्थितिपछि नेयमारको यो वापसी ब्राजिलियन फुटबल इतिहासमा एउटा महत्त्वपूर्ण क्षण बनेको छ।

मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले रियो डि जेनेरोमा आयोजित एक भव्य कार्यक्रममार्फत यो टोली सार्वजनिक गरेका हुन्। ब्राजिलले मे १८ मा विश्वकपका लागि अन्तिम टोली सार्वजनिक गर्ने बताइएकोमा जुन २ भित्रमा अन्तिम नामावली फिफामा दर्ता गराइसक्नुपर्ने हुन्छ।

टोलीमा गोलरक्षकतर्फ एलिसन, बेन्टो, एडर्सन लगायत; डिफेन्डरमा मार्किन्होस, थियागो सिल्भा, गाब्रियल मगल्हाएस; मिडफिल्डमा ब्रुनो गुइमाराएस, कासेमिरो, लुकास पाक्वेटा; तथा फरवार्डमा नेयमार, विनिसियस जुनियर, राफिन्हा, एन्ड्रिक र रिचार्लिसन लगायत अनुभवी एवं युवा खेलाडीहरूको सुन्दर मिश्रण छ।

फिफा विश्वकप २०२६ जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, मेक्सिको र क्यानडामा सञ्चालन हुँदैछ। यस पटक ४८ राष्ट्रले सहभागिता जनाउनेछन् र कूल १०४ खेल खेलाइनेछन्। ब्राजिल समूह 'सी' मा मोरक्को, हाइटी र स्कटल्यान्डसँग रहनेछ।

पाँच पटकका विश्वविजेता ब्राजिलले यसपटक नेयमारको नेतृत्वमा आफ्नो छैटौं विश्वकप उठाउने सपनासहित मैदानमा उत्रिनेछन्।

© अनलाइन न्युज पोस्ट . 👍 सेयर गर्नुहोस् ताकि अरू पनि अपडेट रहुन् .

Comments