ऐतिहासिक सुरुवात ! "बुढा को अचार" ले Opening Day मै करिब २ करोडको व्यापार गर्‍यो.

वैशाख २९, २०८३

काठमाडौंमा एउटा अचारको पसलले सोसल मिडियाको इतिहासमा नयाँ कीर्तिमान कायम गरेको छ। चर्चित टिक्टोकर माया गुरुङको ब्र्यान्ड "बुढा को अचार" को उद्घाटन दिन नै करिब २ करोड रुपैयाँ बराबरको व्यापार भएको जानकारी आएको छ जुन नेपाली सोसल मिडिया इन्फ्लुएन्सरहरूको food brand opening मा अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धि मानिएको छ।

बिहानैदेखि लाम्बो लाइन

काठमाडौं मलमा बिहान ११ बजे उद्घाटन हुने भनिए पनि उत्साही ग्राहकहरू बिहान ९ बजेदेखि नै लाइनमा बस्न पुगिसकेका थिए। हजारौंको भिड र दिनभरको व्यस्त माहोलले काठमाडौं मल क्षेत्र नै गुलजार बन्यो।

१३ हजार ५ सय पिस — बेलुका ४ बजैनपाउँदै सकियो

उद्घाटन दिनका लागि pork अचार ५ हजार पिस, buff अचार ५ हजार पिस र chicken अचार ३ हजार ५ सय पिस जम्मा १३ हजार ५ सय पिस तयार पारिएको थियो। तर ग्राहकहरूको अपार माया र उत्साहका कारण बेलुका ४ बज्न नपाउँदै सम्पूर्ण स्टक रित्तिइसकेको थियो।

माया गुरुङको भावुक प्रतिक्रिया

पहिलो दिनकै यो अभूतपूर्व सफलतामा माया गुरुङ आफैं भावुक बनिन्। उनले पहिलो दिनमै यति धेरै माया पाउँछु भनेर कहिल्यै नसोचेको बताउँदै आफ्ना सबै शुभचिन्तक र ग्राहकहरूप्रति हार्दिक आभार प्रकट गरेकी छन्।

एउटा टिक्टोक च्यानलबाट सुरु भएको यात्रा अब एउटा सफल व्यावसायिक ब्र्यान्डमा रूपान्तरित भएको छ र "बुढा को अचार" ले नेपाली डिजिटल उद्यमशीलताको नयाँ मापदण्ड स्थापित गरेको छ।

© अनलाइन न्युज पोस्ट . 

👍 सेयर गर्नुहोस् ताकि अरू पनि अपडेट रहुन् .

#budhakoaachar #mayagurung #nepali #kathmandu #tiktok #nepaliinfluencer #foodbrand #achaar #nepalbusiness #socialmedia #kathmandumall #neplafood #entrepreneurship #nepalifood

Comments