इरानले अमेरिकासँगको युद्धविराम वार्ता रोक्यो, होर्मुज स्ट्रेट पुनः बन्द.

 

नमस्कार! 
१९ जेठ २०८३, मंगलवार

एजेन्सी । इरानले अमेरिकासँग हुने भनिएको युद्धविराम सम्बन्धी वार्ता तत्कालका लागि स्थगित गरेको जनाएको छ। इरानी समाचार एजेन्सी तस्निमका अनुसार, लेबनानमा इजरायलले गरिरहेको सैन्य कारबाही नरोकेसम्म मध्यस्थकर्तामार्फत अमेरिकासँग कुनै पनि प्रकारको वार्तामा सहभागी नहुने अडान इरानले लिएको छ।

इरानको यो निर्णयले मध्यपूर्व क्षेत्रमा तनाव झन् बढ्ने संकेत देखिएको छ। क्षेत्रीय सुरक्षा अवस्था संवेदनशील बन्दै गइरहेका बेला कूटनीतिक पहलहरूमा समेत असर पर्ने विश्लेषण गरिएको छ।

यसैबीच, विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण मानिने होर्मुज स्ट्रेट पुनः बन्द गरिएको खबर सार्वजनिक भएको छ। उक्त समुद्री मार्ग बन्द हुँदा अन्तर्राष्ट्रिय तेल बजार, ढुवानी तथा विश्व व्यापारमा प्रत्यक्ष प्रभाव पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ।

अमेरिका, इजरायल र इरानबीच बढ्दो तनावका कारण मध्यपूर्वको समग्र सुरक्षा अवस्थामाथि अन्तर्राष्ट्रिय समुदायको चासो बढेको छ। घटनाक्रमको थप विवरण आउन बाँकी रहेको जनाइएको छ।

अनलाइन न्युज पोस्ट हेर्नुभएकोमा धन्यवाद! नयाँ अपडेट र विस्तृत समाचारका लागि लाइक, सेयर, फलो र सबस्क्राइब गर्नुहोस्।

© अनलाइन न्युज पोस्ट .👍सेयर गर्नुहोस् ताकि अरू पनि अपडेट रहुन् .

लेबनानमा इजरायली आक्रमण जारी रहेकाले वार्तामा सहभागी नहुने तेहरानको संकेत.

Comments