आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति नाडाको मिश्रित प्रतिक्रिया.

 


समाचार रिपोर्ट
२३ जेठ २०८३, शनिवार

नमस्कार!

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति आफ्नो धारणा सार्वजनिक गर्दै केही व्यवस्थाको स्वागत गरेको छ भने केही विषयमा गम्भीर चासो व्यक्त गरेको छ।

नाडाले संघीय संसदमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटले विद्युतीय सवारी साधनको प्रयोग र हरित ऊर्जामा आधारित यातायात प्रणालीलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गरेको भन्दै त्यसलाई सकारात्मक कदमका रूपमा स्वागत गरेको जनाएको छ।

संस्थाले नेपालमा स्वच्छ ऊर्जा प्रयोग बढाउने, पेट्रोलियम पदार्थमा निर्भरता घटाउने तथा वातावरणमैत्री यातायात प्रणाली विकास गर्ने सरकारी उद्देश्यप्रति समर्थन जनाएको छ। विद्युतीय सवारी साधनको विस्तारले दीर्घकालीन रूपमा अर्थतन्त्र र वातावरण दुवैलाई लाभ पुग्ने नाडाको धारणा छ।

यद्यपि, अटोमोबाइल व्यवसायसँग प्रत्यक्ष सम्बन्धित केही कर तथा नीतिगत व्यवस्थाप्रति भने नाडाले असन्तुष्टि जनाएको छ। व्यवसायीमैत्री वातावरण निर्माण, लगानी संरक्षण तथा बजार स्थायित्वका लागि केही निर्णयमा पुनर्विचार आवश्यक रहेको संस्थाको भनाइ छ।

नाडाले अटोमोबाइल क्षेत्र मुलुकको राजस्व, रोजगारी, बैंकिङ कारोबार तथा समग्र आर्थिक गतिविधिसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै बजेट कार्यान्वयनका क्रममा निजी क्षेत्रका सुझावलाई समेत प्राथमिकता दिन सरकारसँग आग्रह गरेको छ।

संस्थाले सरकारसँग निरन्तर संवाद र सहकार्यमार्फत अटोमोबाइल क्षेत्रका समस्या समाधान गर्दै उद्योग तथा व्यवसायमैत्री नीति निर्माणमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याएको छ।

अनलाइन न्युज पोस्ट हेर्नुभएकोमा धन्यवाद! नयाँ अपडेट र विस्तृत समाचारका लागि लाइक, सेयर, फलो र सबस्क्राइब गर्नुहोस्।

© अनलाइन न्युज पोस्ट .👍सेयर गर्नुहोस् ताकि अरू पनि अपडेट रहुन् .

विद्युतीय सवारी प्रवर्द्धन सकारात्मक, अटोमोबाइल क्षेत्रका केही विषयमा पुनर्विचार गर्न सरकारसँग आग्रह.

Comments