पुटिनलाई खुला पत्र लेख्दै जेलेन्स्कीको प्रत्यक्ष वार्ताको प्रस्ताव.

 


समाचार रिपोर्ट
२२ जेठ २०८३, शुक्रवार

नमस्कार!

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस–युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यसहित रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई खुला पत्र लेख्दै प्रत्यक्ष भेटवार्ताको प्रस्ताव गरेका छन्।

जेलेन्स्कीले सार्वजनिक गरेको पत्रमा युद्धको समाधान दुई देशका शीर्ष नेताबीचको प्रत्यक्ष संवादबाट सम्भव हुने उल्लेख गर्दै तटस्थ मुलुकमा भेट्न तयार रहेको बताएका छन्। उनले स्विट्जरल्याण्ड, टर्की वा अरब राष्ट्रहरूमध्ये कुनै एक स्थानमा भेटवार्ता गर्न सकिने सुझाव पनि दिएका छन्।

युक्रेनी राष्ट्रपतिले वार्ताको अवधिभर पूर्ण युद्धविराम गर्न आफ्नो देश तयार रहेको जनाउँदै शान्ति प्रक्रियालाई अघि बढाउन स्पष्ट मिति तय गर्न आग्रह गरेका छन्। साथै युद्धबन्दी आदानप्रदान तथा प्रभावित नागरिकहरूको फिर्ती जस्ता मानवीय मुद्दामा समेत सहमति खोज्नुपर्ने धारणा राखेका छन्।

खुला पत्रमा जेलेन्स्कीले युद्ध लामो समयसम्म तानिँदा रुसमाथि आर्थिक, सामाजिक तथा राजनीतिक दबाब बढ्दै गएको दाबी गरेका छन्। उनले अब युद्धको सट्टा वार्ताको बाटो रोज्नुपर्ने सन्देश दिएका छन्।

यता पुटिनले भने हालसम्म जेलेन्स्कीको प्रस्तावबारे प्रत्यक्ष प्रतिक्रिया दिएका छैनन्। यद्यपि रुसले आफ्ना पूर्वशर्तहरू कायम राख्दै आएको छ।

अनलाइन न्युज पोस्ट हेर्नुभएकोमा धन्यवाद! नयाँ अपडेट र विस्तृत समाचारका लागि लाइक, सेयर, फलो र सबस्क्राइब गर्नुहोस्।

© अनलाइन न्युज पोस्ट .👍सेयर गर्नुहोस् ताकि अरू पनि अपडेट रहुन् .

युद्ध अन्त्यका लागि आमनेसामने संवाद गर्न तयार रहेको युक्रेनी राष्ट्रपतिको घोषणा, वार्ताकालभर युद्धविराम गर्न समेत सहमति जनाए.

Comments